Header Ads

Breaking News

विश्वका सबै भन्दा रहस्यमय वेबसाइट, जुन कहिले नखोल्नुहोस ।

कुनै समय, जुन बेला इन्टरनेटको बरेमा कसैलाई पनि थाहा थियन । कसैले पनि यसको महत्व बुजेका थिएनन । तर आज भोलि इन्टरनेटको प्रयोग नेपालमा मात्र होइन विश्वमा नै दिन प्रति दिन बढिरहेको छ । इन्टरनेटको प्रयोगले हाम्रा दैनिकीहरुलाई सहज र सरल बनाइरहेको छ भने इन्टरनेटको माध्यमबाट नै हामी बिभिन्न सामाजिक सञ्जालमा जोडिएका छौ । अझ भनौ, इन्टरनेट हाम्रो हरेक कृयाकलापसगं जोडिएको हुनाले इन्टरनेट हाम्रो अभिन्न अङ्ग बनेको छ ।

         इन्टरनेटको बढ्दो प्रयोगसगै यसको सकारात्मक र नकरात्मक दुबै असरहरुको उजागर भइरहेको छ । इन्टरनेटले ग्लोबलाइजेसनमा महत्वपूर्ण भुमिका खेलेको छ । सुरक्षाको हिसाबले संवेधनशिल बन्दै गइरहेको छ ।
          कुनै समय मानिसहरुलाई मालवेयरको कुनै चिन्ता थिएन । कम्पूटरमा भाइरस हाल्नको लागि फ्लपि डिस्क, बिभिन्न फाइलहरु र ई-मेलको प्रयोग गर्नु पर्थो । तर आज भोलि मालवेयर इन्टरनेटको अभिन्न अङ्ग बनेको छ ।
       
          हामीले धन्यवाद भन्नु पर्छ की इन्टरनेटले हाम्रो व्यक्तिगत, व्यावसायिक र वित्तीय जानकारीहरु क्लाउड र अन्य डिभाइसहरूमा भण्डार गर्न सहजता प्रदान गरेको छ भने त्यसलाई सम्भव बनाएको छ ।

       इन्टरनेट आफैमा एउटा दुनिया हो । यो साच्चै नै बिशाल छ । यो बिशाल दुनियामा यस्ता कयौ वेबसाइटहरु छन । जसलाई बनाइएको छ र वषौ देखि अनलाइन छन तर कसैलाई थाहा छैन कि ति वेबसाइटहरु किन र कसले बनाएको हो । यो पनि थाहा छैन कि ति वेबसाइटहरु कहाँबाट संचालित छन । यस्ता कुनै जानकारी बिनाका वेबसाइटहरु इन्टरनेटमा प्रस्सत मात्रामा रहेका छन ।
       
          आज हामी यस्ता केहि खतरनाक वेबसाईहरुको बारेमा जानकारि गराउने छौ, जुन हेर्दा डरलाग्दा र रहस्यमय छन ।  यदि तपाईलाइ डर लाग्छ भने यि वेबसाइटहरु नखोल्नु होला तर तपाइ यो वेबसाइटहरु खोल्न र हेर्न सक्नु हुन्छ । यि वेबसाइटहरु खोल्दैमा र हेर्दैमा भाइरस आउने र डिभाइस बिग्रिने वा ह्याङ हुने नभए पनि डर भने लाग्ने निश्चित छ ।

                   प्रस्तुत छन ५ रहस्यमय वेबसाइटहरु जसलाई हेर्दा डर लाग्न सक्छ :

1. http://Tanasinn.org

यो वेबसाइट खोल्यो साधारण पेज खुल्छ भने पछाडिबाट एउटा अचम्मको आवाज आउछ । त्याहा केहि अंङ्ग्रेजी अक्षरहरुको हाइपर लिङ्क प्रदान गरिएको छ जसले अर्को एउटा पेजमा लाने छ र उक्त पेजको कुनै पनि ठाउँमा क्लिक गर्यो भने पेज आफै तलतिर सर्न थाल्ने छ । र उक्त पेजमा नौलो भाषामा केहि कुराहरु लेखिएको छ । जस्लाइ बुज्न सकिदैन । यो वेबसाइट जापानबाट लिइएको हो ।



 2. http://shayesaintjohn.net

यो वेबसाइट खोल्यो भने एउटा होम पेज खुल्ने छ र त्या केहि फोटोहरुसगै एउटा हाइपर लिङ्क ENTER दिइएको छ । उक्त लिङ्कमा क्लिक गर्यो भने अर्को एउटा प्रमुख पेजमा पुर्यउछ । त्यहाँ अजीब आवाज सुन्न सक्नु हुने छ । त्यहा दिएका हरेक लिङ्कहरु डर लाग्दा र अच्म्मका रहेका छन । यो वेबसाइट अमेरिकाबाट लिइएको हो ।


यो वेबसाइट खोल्यो भने एउटा अजिब खालको पेज खुल्ने छ र र्यनडम फोटोहरु बनाउछ । उक्त वेबसाईटलाइ जति पटक लोड गर्नु हुने छ त्यति पटक नयाँ नयाँ र अजिब चिज देख्न सकिने छ भने पछाडि केहि मानिसहरु कुरा गरिरहेको सुन्न सकिन्छ । यो वेबसाइट नेदरल्यान्डबाट लिइएको हो ।





यो वेबसाइट खोल्दा एउटा पेज खुल्ने छ, जुन पेजमा दुई जना केटा र केटि टि.भि हेरिरहेका छन भने टि.भि. मा NOTHING लेखिएको छ । टि. भि. को माथि पट्टि gif फोटोको लिङ्क राखिएको छ । फोटोहरुमा भुत जस्तो देखिने कुराहरु छन । प्रतेक फोटोमा क्लिक गर्यो भने एउटा नयाँ पेजमा पुर्याउने छ । अजिब खालको फोटो र भिडियोहरु भेट्टाइने छ । यो वेबसाइट अमेरिकाबाट लिइएको हो ।



यो वेबसाइटको प्रमुख पेजमा एउटा लल्लिपपको फोटो राखिएको छ । उक्त फोटोमा क्लिक गरेमा फेसबुकमा कनेक्ट हुनको लागि अनुमति माग्छ र यदि अनुमाति प्राप्त भएमा एउटा भिडियो खुल्छ । जुन भिडियोमा एउटा फोहोरि केटा मान्छे जसले तपाईको फेसबुकमा लगइन गर्छ । उक्त फेसबुकमा भएका केहि फोटोहरु र लगइन भएको फेसबुकको व्यक्तिको ठेगाना पत्ता लगाउछ । त्यहाँ भयको ब्यक्ति रिसको अवस्थामा पत्ता लगाएको ठेगाना तर्फ गाडिमा अगाडि बढ्छ ।



माथि प्रस्तुत वेबसाइटहरु मानिसले नै निर्माण गरेका हुन भन्ने कुरामा कुनै दुबिधा छेन तर ति वेबसाइटहरु किन र के प्रयोजनको लागि कसले बनाएको हो भन्ने कुराको जानकारि भने कसैसगँ छैन । वास्तवमा यि वेबसाइटहरु साच्चै नै रहस्यमय रहेका छन ।

No comments