Header Ads

Breaking News

यी कुराको जानकारी राख्छ गूगलले हाम्रो बारेमा

हामीहरु प्रतिदिन गूगल को कयौ प्रकार का सेवाहरु  प्रयोग गर्ने गर्छौ  जस्तै गूगल सर्च, गूगल क्रोम ब्राउजर, गूगल म्याप , युट्युब, एंड्राइड मोबाइल ऑपरेटिंग सिस्टम, नेपाली किबोर्ड,  यी सबै सेवा हरु प्रयोग गर्दै गर्दा गूगल ले हाम्रो बारेमा धेरै कुरा हरु को जानकारी प्राप्त गर्दछ र सबै लाइ सुरक्षित राख्दछ र त्यसै को प्रयोग बाट हाम्रो लागि अनुकुल सुबिधा हरु उपलब्ध गराउने गर्दछ । 
यहाँ हेर्नुहोस गूगल हाम्रो बारेमा केके जानकारी राख्दछ


अहीले सम्म हामी हरु ले गूगल मा के के कुरा हरु लेखेर खोजेका छौ त्यो सबै किवर्ड हरु र वाक्य हरु गूगल स्टोर मा रहन्छन जसलाई तपाई हरु निम्न link मा गएर हेर्न सक्नु हुन्छ ।  यो मात्र तपाई हरु लाई मात्र देखाउने छ र गूगल account मा लोगिन हुनु पर्ने हुन्छ । Link :-https://history.google.com/history/

गूगल एकाउन्ट बनाउदै गर्दा या पछि प्रयोग गर्दै गर्दा जो व्यक्तिगत जानकारी जस्तै फोन नम्बर जन्म मिति, जेन्डर, लाई साझा गर्ने गर्दछौ जसलाई हेर्न को लागि यो link मा जानु होला । Link :-https://myaccount.google.com/privacy?pli=1#personalinfo

गूगल एकाउन्ट बनाउदै गर्दा या पछि प्रयोग गर्दै गर्दा जो व्यक्तिगत जानकारी जस्तै फोन नम्बर जन्म मिति, जेन्डर, लाई साझा गर्ने गर्दछौ जसलाई हेर्न को लागि यो link मा जानु होला । Link :-https://myaccount.google.com/privacy?pli=1#personalinfo
 तपाई ले गूगल को अलग अलग सेवाहरु मा आफ्नो एकाउन्ट बाट लोगिन गरेर प्रयोग गर्नु भएको गतिबिधि हेर्न को लागि यो link मा जानु होला । Link :-https://myactivity.google.com/myactivity

के तपाई ले आफ्नो कम्प्युटर या एंड्राइड मोबाइल मा कुनै पनि वेबसाइट मा लोगिन गर्दा आफ्नो username अथवा password क्रोम ब्राउजर मा सेभ गर्नु भएको छ ? जसलाई तपाई यो link मा गएर हेर्न सक्नु हुन्छ । Link :- https://passwords.google.com/
 हामी हरु धेरे जसो वेबसाइट मा सजिलो का लागि गूगल को माध्यम बाट लोगिन गर्ने गर्दछौ, एस्तो गर्दै गर्दा हामी हरु त्यो वेबसाइट लाइ गूगल संग हाम्रो बारेमा भएको व्यक्तिगत जानकारी जस्तै फोन नम्बर, जन्म तिथि, नाम, जेन्डर. आदि साझा गर्ने गर्दछौ जसको सुची यो link बाट हेर्न सक्नु हुन्छ। Link :- https://myaccount.google.com/security#connectedapps
गूगल सेवा को प्रयोग को दौरान हामी गूगल लाइ हाम्रो लोकेसन जान्ने अनुमति दिने गर्दछौ भने अहिले सम्म हामी हरु कहाँ कहाँ गयौ त्यहा को बाटो हरु को जानकारी र लोकेसन को हिस्ट्री हेर्न को लागि यो link मा जानु होला । Link :- https://www.google.com/maps/timeline

 गूगल ड्यासबोर्ड  को निम्न link मा तपाई यो जानकरी थाहा पाउन सक्नु हुन्छ कि तपाई ले कुन कुन गूगल को सेवा हरु को प्रयोग गर्दै हुनुन्छ, यहाँ तपाई ति सेवाहरु संग जोडिएका सेटिंग हरु फेर्न सक्नु हुन्छ र ति सेवा हरु सम्बन्धित जानकारी हरु को बारे मा जान्न सक्नु हुन्छ जसको लागि निम्न link मा जानु होला। Link :-   https://www.google.com/settings/dashboard

तपाई ले गूगल को भिडियो सेवा youtube मा भिडियो खोज्न को लागी जे जे लेख्नु भएको छ त्यो सुची हेर्न को लागि यो link मा जानु होला । Link :- :- https://history.google.com/history/youtube/search
जब तपाई gmail, गूगल फोटो, blogger या अन्य गूगल सेवा हरु को प्रयोग गरि रहनु भएको हुन्छ त्यतिबेला तपाई 15 जीबी को मेमोरी स्पेस फ्री मै मिल्ने गर्दछ, यदि तपाई हेर्न चाहनुहुन्छ कि आज सम्म कति स्पेस को प्रयोग भयो र कति बाकी रह्यो त्यस का लागि निम्न link मा जानु होला । Link :-  https://myaccount.google.com/preferences#storage
गूगल तपाई लाइ सहि अनि लक्षित बिषय मा बिज्ञापन देखाउन को लागि गूगल खोज अनि अन्य गतिबिधि हरु को आधार मा तपाई को रुची जान्ने कोसिश गर्ने गर्दछ , निम्न link मा गएर देख्न सक्नु हुन्छ कि गूगल ले तपाई को रुची हरु को बारेमा के के जानकारी हरु एकत्र गरिसकेको छ जसको लागि निम्न link मा जानु होला । Link :-  https://www.google.com/settings/ads/authenticated

अन्य थुप्रै कुराको जानकारी गुगल ले राखने गर्दा छ । यी  केहि मुख्य कुराहरु हुन् ।

नोट :- यी सब कुरा तपाईहरु ले गुगल एकाउन लगिन गरेर हेर्दा मात्र थाहा पाउन सक्नु हुन्छ 

No comments