Header Ads

Breaking News

लोक सेवा सम्बन्धी महत्वपूर्ण विषयगत प्रश्नोत्तरहरू……जानकारीका लागि शेयर गर्नुहोला ।


१.  नेपालको संविधानले राजनीतिक तथा शासन व्यवस्थास्म्बन्धी के कस्तो नीति अख्तियार गरेको छ रु उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ५१ ९ख० ले राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी देहानयको नीति अवलम्वन गर्ने गरेको छ , जसलाई निम्नानुसार उल्लेख गर्न सहिन्छः
  • राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्ने,
आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट जनाताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने,
मानवअधिकारको संराक्षण र सम्बद्र्धन गर्ने,
विधिको शासन कायम राख्ने,
नेपाल पक्षभएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन गर्ने,
सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउने,
राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्ने,
सुशासनको प्रत्याभूति गर्ने,
आमसञ्चारलाई स्वच्छ, स्वस्थ निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायीक बनाउन आवश्यक व्यवस्थागर्ने,
सङ्घीय एकाइबीच जिम्मेवारी, स्रोत साधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्ने ।

२. उपभोग्य वस्तुको लेबलमा उत्पादकले अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने कुरा केके हुन् रु उल्लेख गर्नुहोस् ।

उपभोक्ता संरक्षण ऐन, २०५४ ले उपभोग्य वस्तुको लेबलमा उत्पादकले अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने कुराको व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सहिन्छः
उत्पादकको नाम ठेगाना र उत्पादकको दर्ता नम्बर,
खाद्यपदार्थ र औषधिजस्ता उपभोग्य वस्तुको मिश्रण, त्यसको परिणम र तौल,
गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा सो वस्तुको गुणस्तर,
उपभोग्य वस्तु उपभोग गर्ने तरिका र सो वस्तु उपभोग गरेबाट हुन सक्ने प्रभाव,
उपभोग्य वस्तुको मुल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मिति,
इलेक्ट्रोनिक हार्डवेयर तथा यान्त्रिकजस्ता उपभोग्य वस्तुमा सो वस्तुको ग्यारेन्टी, ग्यारेन्टी मिति तथा अन्य आवश्यक कुरा,
प्रज्वलनशिल, दुर्घटनाजन्य तथा सजिलैसँग टुटफुट हुनसक्ने उपभोग्य वस्तुमा सो वस्तुको सुरक्षाको लागि अपनाउनुपर्ने कुराहरु,
तोकिएबमोजिमका अन्य कुराहरु ।

" loksewa aayog nepal "

No comments