Header Ads

Breaking News

Nepali jokes

nepali jokes, nepali comedy, nepali, jokes in nepali, funny nepali jokes, nepali funny jokes, nepali joke, jokes, nepali joke 2075, Nepali jokes collocation 2075, Nepali jokes collocation
Nepali Jokes

 मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो ।
उता केटीले फोन रिसिभ गरी ।
मुन्द्रे:- तिमी को बोलेको ?
केटी:- सिता बोल्दैछु ।
मुन्द्रे:- ए, मैले जनकपुर गरेको त, अयोध्या पो पुगेछ ।


 जिन्दगीमा अगाडि बड्नु छ भने 
पछाडि न फर्कि पुईक्क पादेर अगाडि बड्नुहोस् 
तपाईको पिछा कसैले गर्दैन ।


 स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि :-
सर राम तिमि चुरोट खान्छौ हो ?
राम  होईन सर ।
सर ⇛ तास खेल्छौ ?
राम  खेल्दिन सर ।
सर  मदिरापान गर्छौ ?
राम  गर्दिन सर ।
सर  तिम्रो त सबै बानि राम्रो रहेछ त ।
राम  मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नराम्रो छ ।
सर  के चाहि बानि नराम्रो छ त तिम्रो ?
राम  सर मेरो ढाँट्ने चाँहि बानि नराम्रो छ ।

 Class मा
मिस ⇛ आज को हाम्रो Topic हो (LOVE)
म  ⇛ ओके मिस✋
मिस ⇛ ल भन त (LoVe) भनेको के हो?
म ⇛ आजको Topic

☞  शिक्षक  र राम
शिक्षक ⇛  राम भन त काल कती प्रकारको हुन्छ  ?
राम ⇛  ३ प्रकारको सरशिक्षक : स्याबास ,
अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम ⇛  मैले हिजो तपाईंको छोरीलाई देखेको थिए ,
आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।

 तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो
एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??
चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।



 लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

☞ एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस ⇛  साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी ⇛  ल यो लिनुहोस् राम्रो छ
कन्जुस ⇛  कती पर्छ यसको ?
साहुजी ⇛  ५००
कन्जुस ⇛  ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।


 एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा ⇛  हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो ⇛  म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।

 राजु ⇛ मेरो घरको कुकुर साह्रै ज्ञानी छ यार । जे भन्यो त्यहि गर्छ ।
उमेश ⇛  केहि उदाहरण छ की ?
राजु ⇛ एकदिन मेरो घरमा चोर आएछ । चोरले साँचो माग्नासाथ लगेर दिएछ ।


 प्रेमी ⇛  तिमीलाई फोन कसरी गरुँ त म ?
प्रेमीका ⇛  किन नि ?
प्रेमी ⇛  तिम्रो बुबाले फोन उठाए भने !
प्रेमीका⇛  तिमी डराउनु पर्दैन । मेरो बुबाले फोन उठाउनुभयो भने योगेश बोलेको भन, उहाँले बोलाई दिनुहुन्छ ।
प्रेमी ⇛   योगेश ! ऊ को नि ?
प्रेमीका ⇛  ऊ मेरो हुनेवाला श्रीमान हो । त्यसैले बुबाले फोन सजिलै दिनुहुन्छ ।

☞ दुई प्रेमी प्रेमीका कोठामा बसिरहेका बेला प्रेमीले अकष्मात बत्ती निभाए 
प्रेमीका ⇛  तिमीले के गरेको यो ? बत्ती बाल मलाई डर लाग्छ ।
प्रेमी ⇛  तिमी नडराउन प्रिय, म छँदै छु नि ।
प्रेमीका ⇛  तिमी भएर त डराएको नि ।


☞ पत्नी ⇛ यदि तपाइ मसँग सपिङको लागी जानु हुन्छ भने, म पनि जान्न ।
पति (खुसी हुदै) ⇛ किन र तिमीलाई मेरो साथ जान रमाइलो लाग्छ हो ?
पत्नी⇛  मलाई त्यस्तो रमाइलो समाइलो हैन कि , त्यहा सपिङ सेन्टरमा सामान उठाउने कोही पनि हुदैन ।

☞ बिरामी ⇛  डाक्टरसा’प् म बिहान ६ बजे पिसाब फेर्छु अनि ७ बजे दिसा गर्छु ।
डाक्टर ⇛  अनि समस्या चाहीं के हो त ?
बिरामी ⇛  हजूर समस्या चाहीं निन्द्रा बिहान ८ बजे मात्र खुल्छ !!

☞ एक पटक एउटा मान्छे, डाक्टरलाई मुर्ख बनाउने बिचारले गएछ
डाक्टर  के समस्या छ ?
मान्छे ⇛  डाक्टरसा’ब, हेर्नु न, मलाई केही नखाने भने भोक लाग्छ, नसुत्ने भने निद्रा लाग्छ अनि धेरै काम गरे भने थकाइ लाग्छ ।
डाक्टर ⇛  त्यसोभए रात भरी घाममा बस्ने गर्नुस, निको हुन्छ ।

No comments