Header Ads

Breaking News

मोबाइलको ब्याट्री छिटो खराब हुनबाट बचाउने तरिका

हिजोआज अधिकांश व्यक्तिको हातमा मोबाइल हुन्छ, तैपनि मोबाइलको ब्याट्रीका बारेमा भने धेरै मानिस भ्रममा रहेका पाइन्छन् । ब्याट्री चार्ज गरिरहेको समयमा मोबाइल प्रयोग गर्ने कि नगर्ने ? यसलाई कति समयसम्म चार्ज गर्न सकिन्छ ? आदि विषयमा धेरै भ्रम देखिन्छ ।

स्विच अफ

मोबाइल फोनलाई पनि आरामको आवश्यकता हुन्छ, तर धेरैजसो व्यक्तिले मोबाइल फोनलाई कहिल्यै अफ गर्दैनन् । मोबाइल फोनको ब्याट्री लाइफ बढाउन समय–समयमा फोन अफ गर्नुपर्छ । विशेषज्ञहरूका अनुसार कमसेकम सातामा एक पटक मोबाइल फोनलाई अफ गर्नु आवश्यक छ ।

शून्य ब्याट्री
ब्याट्री पुरै नसकिँदासम्म चार्ज नगर्ने बानी धेरैमा हुन्छ, तर यो खराब बानी हो । यद्यपि दैनिक रूपमा अलि–अलि चार्ज गरिरहनु सबैभन्दा राम्रो हो । ब्याट्रीलाई शून्य अवस्थासम्म पुर्‍याउँदा यसको लाइफ छिटो सकिन्छ । त्यसैले १० प्रतिशतभन्दा बढी नै भएको अवस्थामै ब्याट्री चार्ज गर्नु उपयुक्त हुन्छ ।

रातमा चार्ज
राति पनि फोन चार्ज गर्न सकिन्छ । स्मार्टफोनभन्दा पनि धेरै स्मार्ट त्यसको ब्याट्री हुन्छ । त्यसैले शतप्रतिशत चार्ज भए पछि स्वचालित रुपमा त्यसको चार्जिङ अफ हुन्छ ।

सक्कली वा नक्कली चार्जर
कुनै अन्य ब्रान्डको चार्जर प्रयोग गर्दा ब्याट्रीमा समस्या आउँदैन । त्यसैले एउटा ब्रान्डको ब्याट्री चार्ज गर्न अर्को ब्रान्डको चार्जर प्रयोग गर्दा समस्या सिर्जना हँुदैन, बरु नक्कली चार्जरको प्रयोगले भने ब्याट्रीमा समस्या ल्याउन सक्छ ।

तापक्रमको असर

ब्याट्रीलाई बढी तापक्रम भएको स्थान नजिक राख्नु हुँदैन । तापका कारण ब्याट्रीमा खराबी आउँछ । त्यसैगरी यसलाई धेरै चिसो स्थानमा पनि राख्नु हुँदैन । चिसोले पनि ब्याट्री खराब हुन्छ । यी दुवै अवस्थामा ब्याट्रीलाई मोबाइलबाट बाहिर निकाल्नु हुँदैन ।

छिटो ब्याट्री सकिनु
यदि चार्ज गरेको छोटो समयमै ब्याट्री सकिन्छ भने त्यसमा केही खराबी आएको छ भन्ने कुरा बुझ्नुपर्छ । ब्याट्रीलाई मोबाइलबाट निकालेर जमिनमा राखी घुमाउदा यदि मजासँग घुम्यो भने त्यो कुनै स्थानमा फुलेको छ भन्ने हुन्छ । यसको अर्थ त्यसमा केही खराबी छ । यस्तो अवस्थाको ब्याट्री परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

शेयर गर्नुहोस !

No comments