Header Ads

Breaking News

Nepali Love story

nepali love story, heart touching love quotes, nepali love letter, nepali love story book, nepali love story katha, nepali love quotes,  nepali love letter, love story in nepali, sad love story in nepali language, short sad love story in nepali, love story in nepali language, love story nepali language, love story nepali

Nepali Love story

हामी च्याटमा रमाउथियौ | सुरु-सुरुमा मिठा-मिठा कुराहरु त्यसपछि माया पिरती कुरा गर्थियौ | यस्ता यस्ता बात गर्दै समयहरु बिताउ थियौ | यो लामो रातको समय पनि कति थोरै लग्थियो | जब बिहान हुन्थियो लागि रहन्थियो कहिले साझ हुन्छ अनि फेरी त्यो च्याट गर्ने समयको आउछ भनि, साझको पर्खाइमा मेरा हरेक दिन बित्न थाल्यो | उनको आइडी कति खेर अनलाइन आउछ भन्दै म बेला बेलामा हेरी रहन्थिये | जब ढिलो हुन्थियो मनमा अनेक किसिमका भावनाहरु खेलिहल्थियो, के भयो होला, किन ढिलो गरेको होला, कतै केहि त भएन तर मेरा यस्तो सोचइलाई, उनको “हाइ”ले भंग गरिदिन्थियो | अनि आउथियो मेरा रमाइला पलका क्षणहरु, सुरु हुन्थियो मायाका कुराहरु, महान् जोडीहरुका प्रेम कथाहरु | म मेरो घर परिवार, मेरा बा आमा सबैलाई बिर्सिन्थ्ये, यति मात्रै नभएर धेरै पल्ट खाना खान पनि बिर्सिन्थिए | सोच्थे माया नै हो सबैथोक, सबैकुरा र यसलाई कसैले रोक्न सक्दैन | तर मलाई सबैभन्दा ठुलो डर थियो कतै उनले मलाई छोडेर जाने हुन् कि भनेर, किनभने उनलाई मैले चिनेको त्यै च्याटबाट थियो | साथीहरु भन्थे च्याटमा चिनेकोलाई विश्वास नगर धोका होला तर म यस्ता कुरालाई सुने पनि नसुनेको झैँ एक कानले सुनेर अर्को कानले उडाइ दिन्थे | प्रेममा एक किसिमको शक्ति हुन्छ, यस्तै यस्तै सोचेर मेरा मनका भावनाहरुलाई शान्त पार्थे | यो मेरो पहिलो प्रेम थियो | म मेरो मायालाई सुमधुर बनाउन अनेक प्रयत्न गर्थे | हाम्रो प्रेममा टुसा पलाउदैथियो, अब म मुना पलाउने आपेक्षामा थिए, यस्तै सोचाइमा मेरा हर दिन हर रात बित्न थाले | प्रेममा गोडमेल, मलजल गर्थे | उनी टाढा थिइन्, सोच्थे समय आए पछी भेट हुन्छ होला | मैले सुनेको थिए “Patience is the great virtue of love” धैर्यता नै मायाको प्रतिक हो भनेर | मन बहकिने गर्दथियो कता-कता टाढा पुग्थियो | त्यसैले त्यो दिन आउने पर्खाइमा तड्पिन थाले | भबिष्यको कुरा सोच्न पुग्थे | मेरो सोचाइ कहाँ सम्म थियो भने, मेरो प्रेम सफल हुन्छ अनि यो सफल प्रेमलाई सुमधुर सम्बन्धमा जोड्ने छु | उनिलाई सधैको लागि आफ्नो बनाउछु तर अचानक एकदिन उनि च्याटमा आइनन् | सोचे कतै विशेष कम पर्यो होला | भोलि आउछिन अनि सोध्छु भन्दै त्यो रात चित्त बुझाएर सुते | अर्को दिन पनि उनि आइनन् | मन छातपट्टि भयो | निन्द्रा लागेन, किन लागोस पनि जानी नजानी प्रेममा बाधिएको यो मन अनि त्यै पनि पहिलो प्रेम कहाँ चित्त बुझाउन सकिंदो रैछ र ? जति निदाउन प्रयत्न गरे पनि नसक्दा त्यो रात म सँग हरेर बिहान भै सकेको थियो | त्यसदिन मलाई निक्कै दिक्क लगेको थियो, आफ्नो जिउ आफैलाई भारी भएर आएको थियो | त्यसै-त्यसै गीतहरुको धुनमा आफुलाई कल्पनामा डुबाएर बिताउन थाले | साझ पर्दैथियो म अनलाइन गएर उनि आउने प्रतिक्षामा बसिरहेको थिए तर साझ सकिएर रात ढल्कदै थियो | अह ! उनि आइनन्, रुन मन लाग्यो मन भित्र आशु झरिसकेको थियो तर आखामा दर्साउन भने सकिन | अफलाइन म्यासेज पठाए, च्याट छोडेर नम्वर डायल गरे तर फोन अफ थियो | धेरै पल्ट प्रयास गरे तर लागेन | त्यो नम्वरमा सन्देश पठाए, उतर आउला कि भन्दै मोबाइल बारम्बार हेरे | बेट्री सकिएको छ कि भन्दै हेरे, छैन | मनमनै रिस उठ्यो उनिसँग अनि भगवानसँग, किन यत्रो संसारमा भगवानले मलाई मात्रै तड्पाएको होला भन्दै भगवानप्रति असाध्यै रिस उठ्यो | ४ दिन बिती सक्यो | के छ कसो छ केहि थाहा थिएन | पाचौ दिन उनि अनलाइन आइन् | मनमा रिसको आवेग थियो तर त्यो भन्दा धेरै माया थियो अनि सोधे किन यस्तो गरेको तिमीले न अनलाइन आउछौ न सन्देशको उतर छ, के भयो ? उनको च्याट गर्ने शैली हल्का परिवर्तन थियो, निरास र रुन्चे इमोमा म बिरामी छु भनिन् | मलाई एकदम निरास लाग्यो अनि डर पनि | रिसको बेलामा पठाको सन्देश र अफलाइन सन्देशको याद आयो बेकारमा गाली गरेछु | यस्तो भए पछी एकछिन मात्र च्याट गरेर उनि आराम गर्न जान्छु भन्दै गइन् | धेरै दिन अनलाइन आइनन्, धेरै डर लाग्यो कतै केहि त भएन अनि अर्को मनले सोचे केहि हुन्न ठिक भए पछी आउछिन् | तर धेरै दिन नआएपछी मैले खोजि गरे | उनको साथीलाई च्याटमा भेटे र उनलाई सोधे के भयो तिम्रो साथीलाई अनलाइन आउदिनन् त ? उनले भनिन्, “ए, त्यो त अर्को आइडी चलाउछे र उसको अर्को प्रेमी छ, तिमि पनि उसको प्रेमी हो ? हा हा हा त्यसले तिमीलाई फसाएछ, तिमि जस्ता २-३ जना केटा छन् | त्यो केटि एकदम फटाहा छे |” यस्तो सुन्दा म छानाबाट खसे जस्तो भए | म सोच्न पनि सक्दिन त्यो पल, मेरा आशु कति झरे होला ? कसैलाई नदेख्दै विश्वास गरेर ठुलो गल्ति गरेछु | असहिय पीडा भयो | त्यसबेला मलाई मेरो जिन्दगी न निल्नु न् ओकल्नु भए थियो |

                  अहिले सोच्छु कसैलाई मनैदेखी नै विश्वास गर्दा घात पाइदो रहेछ | साच्चै नै हो रहेछ “अन्त्यहरु सुरुवात भन्दा धेरै असजिलो हुदो रहेछ |” सुरु गर्दा थोरै बुझेको थिए तर मैले अन्त्यमा घात पाए पछि धेरै कुरा बुझे | धेरै सोच्छु अनि यो मस्तिस्कमा बारम्बार एउटा वाक्य याद आउछ “असल हुदा मुल्य चुकाउनु पर्दो रहेछ |” यस्तै-यस्तै गर्दै मेरा विरक्तिएका दिनहरु बिती रहेका थिए | यो संसारमा घातमा पर्ने संख्यामा मेरो नाम थपिएको थियो | एबम् प्रकारले मेरा दिनहरु बित्दै थिए, सम्झनाहरुले पोलेको छातीमा मलम ल्याउने कोशिश गरिरहेको थिए | सोचे भगवानले मलाई एउटा गलत मान्छेबाट छुटाएका हुन् | अथवा मेरो यो सिधा बाटोमा घुमेको बाटोको प्रवेश भयो | मैले आफैलाई समाल्नु पर्छ | साथीहरुको आट भरोसामा फेरी मैले मेरो अर्को जीवन पाए जस्तो लाग्छ | कसैले मलाई भनेको थियो “कोहिसँग केहि हुदैन, त्यो एउटा भ्रममात्र हो रे” यो वाक्य अहिले मेरो लागि सही साबित भएको छ | मेरो सोच सबै भ्रम रहेछ | उसलाई पाउनु मेरो सपना रहेछ |


           यस्तै गरेर मेरो मनलाई भुलाउन च्याट मै रमाउन थाले | च्याट मार्फत धेरै साथीहरु बनाए, अनि मेरो कुराहरु सुनाउ थिए, मेरा मनका पीडाहरु हल्का हुन्थियो | अनि त्यस्तै च्याट गर्दै जादा एकदिन एकजना केटिसँग परिचय भयो | च्याट गर्दै जादा उनको बारे सोधे | उनको घर त मेरो गाउभन्दा पल्लो गाउमा रहेछ | मैले चिनेको रहेनछु | च्याटकै क्रममा उनि र म मिल्ने साथी भयौ | म उनको कुराहरु एकदमै सकारात्मक भेट्थे | उनको सोच एकदमै राम्रो थियो त्यसअर्थमा पनि म उनि प्रति आकर्षित हुदैथिए | हाम्रो मित्रता सुमधुर हुदैथियो | उनि र म यति नजिक भयौ कि त्यो मित्रता कति खेर मायामा परिणत भयो पत्तो भएन | कसैले प्रेम प्रस्ताब नराखी नै मायामा थियौ हामी | तर उनको बारे बुझ्दै जादा मलाई खिन्न लाग्यो, उनि म भन्दा उमेरले ३ वर्ष ठुली रहेछिन, अनि म भन्दा दुई कक्षामाथि पढदि रहेछिन | तर म सोच्थे माया अन्धो हुन्, न मायाले जात हेर्छ, न त उमेर नै | यही सोचेर मैले त्यो सम्बन्ध अगाडी बढाउदै थिए तर मलाई डर थियो यो समाजको, के भन्ने हो ?, अनि मेरो परिवारको ? मैले यस्तो गर्दा के होला ? मेरो बेइज्जत त हुन्छ तर मेरो परिवारको झन् बेइज्जत हुन्छ | आखिर मैले पनि त आफ्नो स्वार्थ मात्रै हेरेर भएन | परिवारमा बसेपछि मेरा बा, आमाका कुरा अथवा इज्जत बचाउनु पर्छ | त्यसकारण मैले त्यो मायालाई साथि मै फेरी लग्ने प्रयास गरे | मैले उनीलाई त भनिन तर म आफै उनिबाट टाढा हुन थाले | म च्याटमा त्यति जान छोडे | कहिले काही जान्थे | अहिले पनि जान्छु | के छ, कसो छ ? त्यति मै च्याट सिमित हुन्छ | उनि र म अहिले पनि राम्रो साथी छौ र खुशी पनि लाग्छ किनकि उनीलाई मैले सुरुमै धोका भन्ने चिजबाट बन्चित गरे, सुरुमै आफैलाई बुझाउन सके अनि उनको जीवनसँग खेलबाड गरिन |

          कसैलाई चायर पनि पाइएन, कसैलाई पाएर पनि चाईएन | धिक्कार छ मेरो यो बिवास्ताको जिन्दगीदेखि | यो समाजको परिधिदेखि, कसैलाई मनबाट चाहेर पनि पाउन ग्राहो छ, कसैलाई यही समाजको कारणले गुमाउनु पर्दो रहेछ | आखिर यो समाज के गर्दा खुशी हुन्छ ? अरुको मन छिया-छिया भएर तड्पीएको हेर्दा खुशी हुन्छ कि अरुको दुख वेदनामा रमाउने हुन्छ ? बैशमा मातिएर ठिटाहरुसँग लठिएर हिड्दा पचाउने यो समाज, आफु भन्दा उमेरमा परिपक्कतासंगको चोखो सम्बन्धलाई नपचाउने यो समाज कस्तो समाज ?

No comments